ad ad

समाज


युनिटी बचत तथा ऋण सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

युनिटी बचत तथा ऋण सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

नेपालखबर
असार १७, २०८१ सोमबार १४:५९, काठमाडौँ

काभ्रेपलाञ्चोकको बनेपा ८ स्थित वाँख्योटोलमा रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका छन्। 

उनीहरुविरुद्ध ३० जना बचतकर्ताले ठगी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

बचतकर्ताले २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगीको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ। दुवै जनालाई प्रहरीले सोमबार बनेपा ८ बाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .