ad ad

राजनीति


बालबालिका खोजतलास सेवामा बेथिती भयो : सांसद अर्याल

बालबालिका खोजतलास सेवामा बेथिती भयो : सांसद अर्याल

नेपालखबर
असार १७, २०८१ सोमबार १५:६, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले सडक बालबालिकाको उपयुक्त पुनःस्थापनालाई फेरि नयाँ सिराबाट अघि बढाउन आग्रह गरेकी छन्।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।

उनले भनिन्, ‘सडक बालबालिकाको उपयुक्त पुनःस्थापनालाई फेरि नयाँ सिराले जानुपर्छ। बालबालिका खोजतलास सेवा टोल फ्रि नम्बर १०४, त्यो म आफैँ मन्त्री भएको बेलामा कार्यान्वयन गराएको थिएँ। त्यहाँ अहिले बेथिति भइरहेको अवस्था छ। अब बालबालिकाको पुनःस्थापना भन्नेकुरा त्यसरी हराएर रहेका बच्चाहरु अनाथ बच्चालाई पालिकस्तरमै गर्न पाए व्यवस्थित हुन्छ।’

उनले महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्न पनि माग गरिन्।

सांसद अर्यालले महिला उत्थान कार्यक्रममा खर्च भएको तर कार्यक्रमिक पहुँच नरहेको र पालिकाहरूसँगको समन्वय हुन नसकेको भन्दै पुनःस्थापित गर्न आग्रह गरिन्।

उनले बालमन्दिरको जग्गाको खोजी गर्न आग्रह गरिन्। बाल मन्दिर ध्वस्त भएको भन्दै सम्पत्ति सबै खोजेर व्यवस्थित गर्न आग्रह पनि गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .