ad ad

समाज


कोरोनाको प्रभाव चीनमा भन्दा बाहिर बढी

कोरोनाको प्रभाव चीनमा भन्दा बाहिर बढी

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ६:२६,

कोरोना अन्टार्कटिका महादेश बाहेक सबै महादेशमा फैलिसकेको छ। करिब ४० देशमा फैलिसकेको कोरोनाबाट बिहीबार बिहानसम्म ८२ हजार १ सय ३८ जना संक्रमित बनिसकेका छन्। २८ सय एकको मृत्यु भइसकेको छ।

कोरोनाभाइरसबाट संक्रमित हालसम्म ३२ हजार ७५६ जना उपचारपछि स्वस्थ बनेको तथ्यांक छ। चीनमा दैनिक कोरोनाबाट संक्रमित उपचारपछि स्वस्थ बन्न थालेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ।

चीनबाहिर कोरोनाबाट सबैभन्दा बढी संक्रमित दक्षिण कोरिया हो। दक्षिण कोरियापछि इटाली र इरान पनि संकटग्रस्त अवस्थामा पुगेका छन्।

दक्षिण कोरिया, इटाली, इरान लगायत अन्य देशको संयुक्त वृद्धिदर चीनकोभन्दा बढी भएको डब्लूएचओले जनाएको छ।

गएको २४ घण्टामा इटालीमा कोरोनाबाट संक्रमित भारी मात्रामा बढेको छ। २४ घण्टामा इटालीमा वृद्धि भएको कोरोनाको संक्रमणले विश्वमा वृद्धि भएको संक्रमणको २५ प्रतिशत प्रतिनिधित्व गर्छ।

बुधबारसम्म इटालीमा ८० जना मात्र संक्रमित थिए। बिहीबारसम्म त्यहाँ कोरोनाको संक्रमण ५ गुणाले वृद्धि भएको छ। कोरोनाको संक्रमण वृद्धि भएसँगै इटालीमा ४४७ जना संक्रमित देखिँदा त्यहाँ १२ को मृत्यु भइसकेको छ।

इटाली युरोपमा कोरोनाको केन्द्रविन्दु पनि हो। अस्ट्रिया, क्रोयसिया, स्वीजरल्याण्ड र अफ्रिकी राष्ट्र अज्लेरियामा इटाली भ्रमण गर्न गएका नागरिकबाट नै कोरोना फैलिएको त्यहाँका सरकारले पुष्टि गरेका छन्।

ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलमा पनि इटालीबाट नै कोरोना फैलिएको बीबीसीले जनाएको छ।

त्यसबाहेक स्पेन, फ्रान्स, जर्मनीमा पनि इटालीबाट नै कोरोनाको संक्रमण देखिएको बताइएको छ।

बुधबार र बिहिबारको अवधिमा चीनमा ४३३ जना संक्रमित भए। कोरियामा सो अवधिमा ३३४ संक्रमित बने। इटाली र दक्षिण कोरियाको संक्रमितको संख्या जोड्दा चीनका संक्रमितभन्दा ती देशहरुमा संक्रमण दोब्बरले वृद्धि भएको देखिन्छ।

बुधबार नै डब्लूएचओले चीन बाहिर पहिलोपटक कोरोना बढी मात्रामा फैलिएको चेतावनी दिएको थियो।

दक्षिण कोरियामा बिहीबार बिहानसम्म १५९५ जना कोरोनाबाट संंक्रमित छन्। त्यहाँ १३ जनाको मृत्यु भइसकेको छ।

यस्तै इरानमा १३९ जना कोरोनाबाट संक्रमित छन् भने त्यहाँ मृतकको संख्या १९ पुगेको छ।

चीनमा हालसम्म ७८ हजा ४९७ जना संक्रमित छन्। त्यहाँ मृतकको संख्या २७ सय ४४ पुगिसकेको छ। बीबीसी, सीएनएन र एससीएमपीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .