ad ad

समाज


नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम

नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ६:१७,

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताएका छन्।

बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उनले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी दिए।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ गत कात्तिक ४ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको थियो। गत असोज १ गते राष्ट्रिय नवप्रवर्तन ढाँचा, प्राज्ञ– प्रतिष्ठानको सहयोगी हात सर्वसाधारणसम्म पु¥याउन नागरिकसँग नास्ट, देश र विदेशमा रहेका प्रतिभाशाली वैज्ञानिकको ज्ञान तथा सीप उपभोग गर्न तथा वैज्ञानिक परिचय प्रकाशनको तयारी गरिएको कार्यक्रममा जानकारी दिइयो।
यसैगरी विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा भित्र्याउन प्राथमिता दिइएको र विज्ञान र प्रविधिका क्षेत्रका विषयवस्तुमा छलफल गर्न महिनाको एकपटक वार्ताको थालनी तथा सातै प्रदेशमा एक÷एक प्राज्ञ–प्रतिष्ठानका विषयगत अनुसन्धान केन्द्र खोलिने तयारी गरिएको उनले जानकारी दिए।

कार्यक्रममा नास्टले सिटी नेट, च्याउ उत्पादन, भू–क्षय रोकथाम, घाँस उत्पादन र वातावरणीय सुधार गरी सामाजिक आर्थिक रुपान्तरणमा उपयोगी देखिएको जुनकावा प्रविधि हस्तान्तरण गर्न सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको जानकारी दिइएको थियो।

नास्टका अतिरिक्त विभिन्न प्रयोगशालाबाट दिँदै आइरहेको वैज्ञानिक परीक्षण सेवालाई एउटै छातामुनि ल्याउने उद्देश्यले नास्ट विश्लेषण सेवा केन्द्र, संस्थाको गतिविधि चुस्तदुरुस्त बनाउन मोबाइल एप्स र नास्टलाई योजनाबद्ध विकास र व्यवस्थित पार्न गुरुयोजना अघि बढाइएको नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले जानकारी दिए।

उनले भने, ‘महिला वैज्ञानिक फोरम, विगतमा नास्टले नसमेटेका चार कुलपति राष्ट्रिय नवप्रवर्तन, महिला वैज्ञानिक, उत्कृष्ट विज्ञान शिक्षक र उत्कृष्ट विद्यार्थी पुरस्कारको स्थापना गरी वितरणको शुरुआत पनि यसै वर्षदेखि गरिएको छ।’

‘नेपाल जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी’को आगामी दुई महिनाभित्र नयाँ प्रकाशन तयारी भएको कार्यक्रममा जानकारी दिइयो। कार्यक्रममा नास्टको प्रयोगशालामा कार्यरत कर्मचारीलाई जोखिमभत्ता वितरण गर्न बजेट व्यवस्था गरिएको जानकारी दिइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .