ad ad

समाज


मनसुनी रेखा केही दिन नेपालनजिकै रहने, देशभर व्यापक वर्षाको सम्भावना

मनसुनी रेखा केही दिन नेपालनजिकै रहने, देशभर व्यापक वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८१ शुक्रबार ७:४९, काठमाडौँ

पानी पार्ने मौसम प्रणाली न्यून चापीय रेखा केही दिन सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालनजिक रहने भएकाले देशभर व्यापक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको मनसुन विशेष बुलेटिनअनुसार असार १४ (आज) देखि आगामी केही दिन मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिन्छ। जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना छ।

बुलेटिनमा अगाडि भनिएको छ, ‘मनसुनी वायुको प्रभावले शुक्रबारदेखि  आइतबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका केही स्थान, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशका एक‍/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।’

जसका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले यसबाट बच्न पूर्वतयारी गर्न तथा सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अनुरोध गरेको छ। 

महाशाखाले बिहीबार बेलुका जारी गरेकाे विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .