काठमाडौं महानगरपालिकाले गैरआवासीय नेपालीको नागरिकता सिफारिस दिँदा १० हजार शुल्क लिने भएको छ।
महानगरकै स्थायी बासीको नागरिकता सिफारिस निशुल्क भएपनि गैर आवासीय नेपालीसँग १० हजार अशुल्ने भएको हो।
सरकारले चालु आर्थिक वर्षबाट गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरेको छ।
त्यस्तै, अंगिकृत नागरिकता सिफारिसको लागि १५ हजार र वैवाहिक अंगिकृत नागरिकता सिफारिसको २५ सय शुल्क लिने प्रस्ताव गरेको छ।
महानगरले नागरिकता बाहेक आर्थिक अवस्था सम्बन्धी सिफारिस, अपांगता भएका व्यक्तिको सिफारिस, जनजाती/बेरोजगारको सिफारिस, नाबालक सम्बन्धी सिफारिस, स्वास्थ्य उपचार सिफारिस निशुल्क गरेको छ।
678
Shares
प्रतिक्रिया