ad ad

समाज


मनसुन फैलिएसँगै देशभर घट्यो तापक्रम, कतै छैन ४० डिग्री सेल्सियस

मनसुन फैलिएसँगै देशभर घट्यो तापक्रम, कतै छैन ४० डिग्री सेल्सियस

नेपालखबर
असार ६, २०८१ बिहिबार १९:४७, काठमाडौँ

पानी पार्ने मौसम प्रणाली मनसुन फैलिएसँगै देशभर तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असार ६ गते) देखि मनसुन कोसीदेखि लुम्बिनी प्रदेशसम्म फैलिएको हो। 

मनसुन विस्तार भएसँगै पूर्वदेखि पश्चिमसम्म नै तापक्रम केही कम भएको छ। केही दिनदेखि निरन्तर ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम भएको पश्चिम तराईमा समेत आजदेखि तापक्रम ४० डिग्री सेल्सियसबाट पनि तल झरेको छ। 

जसअनुसार आज (बिहीबार) डोटीको दिपायलमा अधिकतम तापक्रम ३७.६ डिग्री सेल्सियसमा झरेको छ भने कैलालीको धनगढीमा ३८.२ डिग्री सेल्सियसमा ओर्लिएको छ। 

यस्तै सुर्खेतको वीरेन्द्रनगर र बाँकेको नेपालगन्जमा अधिकतम तापक्रम बराबर ३५.९ डिग्री सेल्सियस छ भने जनकपुरको अधिकतम तापक्रम त ३२.८ डिग्री सेल्सियसमा झरेको छ। 

यसैगरी आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस छ। 

मनसुन भित्रिनुअघि काठमाडौँ उपत्यकाको तापक्रमसमेत यही असार १ गते ३५.३ डिग्री सेल्सियसमा उक्लिएको थियो। मौसमविद्का अनुसार यो काठमाडौँका लागि २५ वर्षयताकै उच्च तापक्रम हो। 

हेर्नुहोस् बिहीबार कहाँको तापक्रम कति?          

दिपायल (डोटी):  अधिकतम ३७.६, न्यूनतम २२.८ 

डडेल्धुरा:  अधिकतम २७.२, न्यूनतम १५.५

धनगढी (कैलाली): अधिकतम ३५.२, न्यूनतम २६.० 

वीरेन्द्रनगर (सुर्खेत): अधिकतम ३५.९, न्यूनतम २३.०

नेपालगन्ज (बाँके):  अधिकतम ३५.९, न्यूनतम २३.८ 

जुम्ला:  अधिकतम २८.९,  न्यूनतम १३.९ 

घोराही (दाङ):  अधिकतम ३२.२,   न्यूनतम २१.८ 

पोखरा (कास्की):  अधिकतम ३०.८,  न्यूनतम २२.० 

भैरहवा (रुपन्देही):  अधिकतम ३३.९,   न्यूनतम २३.२ 

सिमरा (बारा):  अधिकतम ३२.७,  न्यूनतम २४.०  

काठमाडौँ:  अधिकतम ३०.७, न्यूनतम २०.४

ओखलढुंगा: अधिकतम २३.३, न्यूनतम १८.० 

ताप्लेजुङ:  अधिकतम २६.३, न्यूनतम १८.०

धनकुटा:  अधिकतम २८.५,  न्यूनतम १९.८ 

विराटनगर (मोरङ): अधिकतम २९.४, न्यूनतम २३.८ 

जनकपुर (धनुषा):   अधिकतम ३२.८,  न्यूनतम २४.०

जोमसोम (मुस्ताङ) :  अधिकतम २३.५,  न्यूनतम १३.५

धरान (सुनसरी): अधिकतम २८.५,  न्यूनतम २३.५

लुम्ले (कास्की): अधिकतम २५.०,  न्यूनतम १७.२

जिरी (दोलखा): अधिकतम २५.३,  न्यूनतम १७.४

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .