ad ad

समाज


पाँच प्रदेशमा मनसुन, राति देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

पाँच प्रदेशमा मनसुन, राति देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार ६, २०८१ बिहिबार १९:२१, काठमाडौँ

हाल कोसी, मधेस, बागमती प्रदेश तथा गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

जसका कारण यतिबेला (बिहीबार साँझ) कोसी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बदली (आकाशभरि बादल) भएको छ भने देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (आकाश लगभग खुला) छ। साथै मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने ेमेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोसी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम महाशाखाले उल्लेख गरेको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा मुनिको वर्षा भयो भने हल्का, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षा भयो भने मध्यम तथा यसभन्दा माथित तर १०० मिलिमिटरभन्दा मुनिको वर्षा भयो भने भारी वर्षा भनिन्छ। 

यस्तै मौसम महाशाखाले राति भन्नाले भोलि (शुक्रबार) बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .