ad ad

समाज


पाँच महिनाअघि नै तयार भयो झोलुंगे पुल

पाँच महिनाअघि नै तयार भयो झोलुंगे पुल

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ४:९,

म्याग्दीको मंगला गाउँपालिका–४ धापुङ जुगेपानीस्थित न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएको छ।

उन्साठ्ठी दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको ३ र ४ नम्बर वडाका ७४३ घरधुरीका तीन हजार ७१८ जनता लाभान्वित भएका वडाध्यक्ष ओमबहादुर रोकाले जानकारी दिए।

झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबीएसयु) को प्राविधिक सहयोगमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत ३३ लाख ५९ हजार ६०९ लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ।

पुल निर्माणमा गाउँपालिकाले दुई लाख एक हजार ९६ अनुदान सहयोग गरेको छ।

त्यसैगरी उपभोक्ताको ६७ हजार ३२ बराबरको श्रमदानमा पुल निर्माण भएको समितिले जनाएको छ।

लठ्ठा र बुलडग ग्रिप्समा दुई लाख २५ हजार ८२८, स्थानीय निर्माण सामग्री र मजदुरको ज्यालामा १६ लाख १५ हजार ८२०, ग्याबिन तार, फलामे सामग्री, छड, सिमेन्ट, स्टिल पार्टस्, स्टिल डेग र सामान ढुवानीमा १० लाख ५६६, गैरसरकारी संस्थाको सेवा शूल्कमा दुई लाख तीन हजार ७६ र कामदारको दुर्घटना बीमामा ३८ हजार १८८ खर्च भएको छ।

गएको जेठ १९ गते गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माणका लागि सम्झौता भएको थियो।

०७७ असार ३० गतेसम्म पुल निर्माण सक्ने सम्झौतामा उल्लेख थियो। उपभोक्ता समितिको सक्रियताले लक्ष्यभन्दा पाँच महिनाअघि नै पुल निर्माण पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए।

पुल बनेपछि विशेषगरी बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको र सुरक्षित यात्रा गर्न पाएको स्थानीयवासी दलबहादुर पुनले बताए।

यसबाट धापुङ, महेशगाउँ, खर्क, दहलगायत बस्तीका बासिन्दालाई सुविधा पुगेको छ। पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

त्यसैगरी न्यूखोलासँगै गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा १०४ मिटर लामो अर्को झोलुङ्गे पुल निर्माण भएको छ।

४७ लाख ८८ हजार ४६० लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट कोक्रवाङ, भाइवाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएका गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .