ad ad

समाज


चट्याङ र हावाहुरीसहित देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना

चट्याङ र हावाहुरीसहित देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ३:३९,

आज (मंगलबार) देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी क्षेत्रमा भने सोमबार रातिदेखि नै पानी परिरहेको छ।

अहिले काठमाडौं उपत्यकालगायत मध्य र पूर्वी क्षेत्रमा भने घाम लागिरहेको छ। तर दिउँसो ४ बजेपछि मौसम बदली भई देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

‘दिउँसो ४ बजेपछि देशभरकै मौसम बदली हुने र धेरै ठाउँमा वर्षा हुने सम्भावना छ,’ मंगलबार बिहान नेपालखबरसँग मौसमविद् पौडेलले भने, ‘चट्याङ र हावाहुरीको सम्भावना पनि छ, तर त्यस्तो ठूलो हावाहुरी आउने देखिन्न।’

उनका अनुसार साँझपख काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।

देशका सबै क्षेत्रमा वर्षाको सम्भावना रहे पनि विशेषगरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली तथा वर्षाको सम्भावना गराएको उनले बताए। 

हिउँदयाम अर्थात् विन्टरको अवधि सकिएर प्रिमनसुन सुरु हुन लागेकाले अब मौसम चट्याङ, हावाहुरीसहित वर्षा हुनेतर्फ उन्मुख भइरहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

‘बिस्तारै चट्याङ र हावाहुरी सुरु हुँदै छ,’ उनले भने, ‘यो प्रिमनसुनी गतिविधि हुन्, यो बढ्दै जान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .