ad ad

समाज


यशस्वी पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुरस्कारका लागि पुस्तक आह्वान

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १५:५६, काठमाडौँ

यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान गरेको छ।

शुक्रबार प्रतिष्ठानले प्रेस विज्ञप्ति निकाल्दै पुस्तक आह्वान गरेको हो।

२०८० साल चैत्र मसान्तभित्र नेपाल तथा नेपाल बाहिरबाट प्रकाशित नेपाली भाषा तथा नेपाली लेखकले लेखेका अंग्रेजी भाषाका पुस्तकहरू तीन प्रति २०८१ असार २१ गते शुक्रबारसम्म यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालयमा पुर्याउनु पर्नेछ।

सहभागी पुस्तकहरुमध्ये आख्यान, गैरआख्यान, काव्य, इतिहास, संस्कृति, अनुसन्धान, अनुवाद र विविध विधाका पाँच उत्कृष्ट पुस्तकहरूलाई पुरस्कृत गरिनेछ।

पुरस्कार र सम्मान २०८१ भाद्र २२ गते शनिबार हुने तेस्रो काठमाडौँ कलिङ–साहित्य महोत्सवमा दिइनेछ। पुरष्कृत पुस्तकले जनही २० हजारसहित सम्मानपत्र प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .