टर्कीमा भुइँचालो जाँदा ९ जनाको ज्यान गएको छ। मारिनेमध्ये तीन जना बालबालिका छन्।
५.७ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु भने इरानको सीमाभित्र पर्ने जनाइएको छ। घर भत्किँदा टर्कीमा ३७ जना घाइते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
इरानतर्फ भने ७५ जना घाइते भएका छन्। सीमावर्ती क्षेत्रका ४३ वटा गाउँका घरहरुमा क्षति पुगेको जनाइएको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया