केही दिनअघि आफ्नो क्यालेन्डरका लागि फोटोग्राफर दब्बु रत्नानीले खिचेको अभिनेत्री कियरा आडवाणीको तस्बिर भाइरल बनेको थियो।
रत्नानीको २५ औँ क्यालेन्डरका लागि अन्य स्टार्ससँगै कियराले पनि पोज दिएकी थिइन्।
तर, कियराको सो तस्बिरको शैली अरुबाट चोरिएको आरोप लागेको छ।
सो तस्बिर कियराले इन्स्टामा पोस्ट गरेकी थिइन्। जसमा उनी उनको नग्नता एउटा ठूलो पिँडालुको पातले छोपिएको छ।
View this post on InstagramA leaf out of #DabbooRatnaniCalendar! @dabbooratnani @manishadratnani
A post shared by KIARA (@kiaraaliaadvani) on
तर, त्यस्तै अर्को तस्बिरसमेत सँगै राखेर फोटोग्राफरले इन्स्टाग्राममा पोस्ट गरेका छन्। नोभेम्बरमा पोस्ट भएको सो तस्बिरमा मोडल स्टेफ टेलर देखिन्छिन्।
View this post on InstagramA post shared by Marie Bärsch (@marieb.photography) on
अरुहरुले रत्नानीले सीधै चोरेको आरोप लगाएका छन् भने यो शैलीको फोटो कयौँ वर्षअघि नै रत्नानीले खिच्ने गरेको भन्दै केहीले उनको बचाउ गरेका छन्।
कियरा पछिल्लो समय एकपछि अर्को हिट फिल्ममा काम गरिरहेकी अभिनेत्री हुन्। गत वर्ष उनको कबिर सिंह हिट भएको थियो भने हालै उनी गुड न्युजमा देखिएकी थिइन्। एजेन्सी

प्रतिक्रिया