मोडललाई बलि चढाउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जनामध्ये ६ जना जेल चलान भएका छन्।
मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पुर्याएर तान्त्रिक पूजा गरेर बलि चढाउन खोजेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरी पुस ११ गते सार्वजनिक गरेको थियो।
पक्राउ परेका ७ मध्ये एक जना धरौटीमा छुटेका छन्। जिल्ला अदालत, काठमाडौंले सो प्रकरणमा संलग्नमध्ये एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो। सुनसरीका रञ्जितकुमार चौधरी धरौटीमा छुटेका हुन्। घटनामा संलग्न दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह, दिलकुमारी बुढामगर, उमेश माझी र प्रेमा तामाङ कारागारमा चलान भएका छन्।
प्रहरीले ७ जनैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया