ad ad

समाज


राशिफल १२ जेठ : कर्कट र वृश्चिकलाई दाम तथा इनाम मिल्ने, कन्यालाई स्वादिष्ट भोजनको अवसर, तपाईँको कस्तो?

राशिफल १२ जेठ : कर्कट र वृश्चिकलाई दाम तथा इनाम मिल्ने, कन्यालाई स्वादिष्ट भोजनको अवसर, तपाईँको कस्तो?

पण्डित नारायणप्रसाद दुलाल
जेठ १२, २०८१ शनिबार ४:४०, काठमाडौँ

आज शनिबार, १२ जेठ २०८१ (२५ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सानातिना समस्यामा अल्झनुपर्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। आफन्तको साथ र सल्लाह पाइनुका साथै घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृष : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ रातो र अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मिथुन : अरूलाई प्रभावित पारेर काम बन्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। धर्मकर्ममा मन जानुका साथै दैनिक कार्यमा प्रगति हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। समाजिक कार्यमा मन जाला। बोलीको प्रभाव बढ्दै जानेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह : सुखदु:ख बराबरी खालको समय छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ।। विद्यामा सफलता पाउन निकै नै मेहनत गर्नुपर्नेछ। साँझमा बाधा आइलागे समस्या समाधान हुन सक्छ। घरमा पाहुना आउन सक्छन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : रोकिएका काम पूरा हुनेछन्। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने।  खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएका वैदेशिक कार्य र अरू काम पनि पुनः सुरु हुन सक्छन्। अध्ययन-अध्यापन सफल रहनेछ। सामाजिक कार्यमा मन जानेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग फाप्ने देखिएन।

धनु : सरकारी निकायको भय रहला। आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। अनावश्यक र फजुलमा खर्च बढ्नेछ। मन खिन्न हुने स्थिति आउनेछ। मन भावुक र उत्ताउलो बन्नेछ। धर्म र आस्थामा मन जानेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।

मकर : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। रमाइलो यात्राको योग छ। व्यापार व्यवसायबाट उन्नति नै देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

मीन : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। भौतिक सुख मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .