ad ad

समाज


सिरोहियालाई ५ दिन थुनामा राख्न माग गर्दै अदालत लगियो

सिरोहियालाई ५ दिन थुनामा राख्न माग गर्दै अदालत लगियो

नेपालखबर
जेठ ९, २०८१ बुधबार १२:४०, काठमाडौँ

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि पहिलो पटक ५ दिन हिरासतमा राख्न माग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतमा उपस्थित गराइएको छ। 

मंगलबार काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर राति नै धनुषा लगिएका सिरोहियालाई अदालतले अनुमति दिएमा प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु हुनेछ। 

धनुषाका जिल्ला न्यायाधीवक्ता सुदीपकुमार दंगालले अनुसन्धानका लागि पहिलो पटक ५ दिनको म्याद माग गरिएको र अब यस विषयमा अदालतमा बहस हुने बताए। मंगलबार जिल्ला अदालत धनुषाले नै सिरोहियालाई पक्राउ गर्न अनुमति (पक्राउ पुर्जी) दिएको थियो। 

सिरोहियाले लिएको नागरिकताको नम्बर उनी भन्दा पहिले अर्कै व्यक्तिको नाममा जारी भइसकेको देखिएको, उनले फरक फरक नागरिकता नम्बर प्रयोग गरेको र नागरिकतामा उल्लेख गरिएको जन्म मिति पनि शंकास्पद देखिएको प्रहरीको दाबी छ। 

सिरोहियाले नागरिकता लिँदा बुझाएका कागजातको अभिलेख फेला नपरेको र नागरिकता लिने बेलामा उमेर पुगेकोमा पनि शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति माग गरेको थियो। 

तर सिरोहियाले भने गृहमन्त्री रवि लामिछानेले आफूमाथि रिसिइबी साँधेर पक्राउ गरेको प्रतिक्रिया दिएका छन्।

मंगलबार गिरफ्तारीका क्रममा उनले गृहमन्त्री लामिछानेले सहकारीको विषयमा कान्तिपुरले लगातार समाचार प्रकाशन गरेपछि त्यसलाई ढाकछोप गर्न र दबाउन आफूलाई पक्राउ गरेको प्रतिक्रिया दिएका थिए। सिरोहियालाई पक्राउ गरेपछि चौतर्फी विरोध भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .