ad ad

समाज


कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा

कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा

नेपालखबर
जेठ ९, २०८१ बुधबार १५:२६, काठमाडौँ

कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। मोडल तथा कलाकार शेर्पाले आइतबार सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न सङ्घसंस्थाका झण्डा पनि फहराएका थिए।

सगरमाथाको सफल आरोहणपछि उनले जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने बताए। सामाजिक सञ्जालमार्फत आरोहणको सन्देश दिँदै शेर्पाले राज्यले सगरमाथाको आरोहणबाट प्राप्त गरेको आम्दानीको केही हिस्सा हिमाली भेगको विकासका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए।

सो सन्देशमा उनले शेर्पा समुदायलाई हिमाल आरोहीका रुपमा मात्र व्याख्या नगरी उनीहरुलाई राज्यका हरेक संयन्त्रमा जोडिन सक्ने वातावरण सिर्जना गर्न पनि माग गरे। शेर्पाले यसै पनि भौगोलिकरुपमा विकट मानिएको हिमाली क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राखेर योजना बनाइनुपर्ने भन्दै हिमाल आरोहीलाई तत्काल आधुनिक सूचना प्राप्त गर्नसक्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।

सन्देशमा कलाकार शेर्पाले हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई जगेर्ना गरी राष्ट्रियस्तरमा यसको प्रवर्द्धन गर्नुपर्ने तथा सगरमाथा आरोहणमा देखिएका चुनौती र चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्नुपर्ने उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .