ad ad

समाज


कञ्चनपुरमा प्रहरी र स्थानीयबीच झडप, १६ जना पक्राउ

कञ्चनपुरमा प्रहरी र स्थानीयबीच झडप, १६ जना पक्राउ

गोकुल जोशी
फागुन ८, २०७६ बिहिबार १५:१२,

कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुढा गर्दै तोडफोड गरेकाे आराेपमा १६ जना पक्राउ परेका छन्। १३ जना महिला सहित १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित स्थानीयले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेका थिए। छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी महाकाली नगरपालिका–६ की सुशीला थापालाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा छोडेको भन्दै स्थानीयहरुले प्रहरी कार्यालय घेराउका साथै तोडफोड गरेका थिए। आक्रोशित स्थानीय सर्वसाधारणहरुको भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

‘१६ जनालाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालयमा राखिएको छ, थापाको घरमा समेत तोडफोड गरिएको थियो’ प्रहरी निरीक्षक कार्कीले भने, ‘केही राउण्ड अश्रुग्यास समेत प्रहार भयो।’ स्थानीय सर्वसाधरणले प्रहार गरेको ढुंगामुढा लागेर ५ जना प्रहरी घाइते भएका छन्। सामान्य घाइते भएका उनिहरुको दोधारा–चाँदनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

नगरपालिकाको कुर्सी, झ्यालका सिसा र सोलार प्यानल तोडफोड गरिएको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए। ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमले स्थानीयहरुले गरेको ढुंगामुढाबाट कार्यालयको साइन बोर्डमा क्षति पुगेको छ। उनका अनुसार छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा छुटेकी थिइन्।

थापा बुधवार धरौटीमा रिहा भएकी थिइन्। महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएका थिए। सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए।

आत्महत्या दुरुत्साहन गर्नेलाई छोडेको भन्दै प्रहरी कार्यालयमा तोडफोड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .