समाज


भन्सार छली आरोपमा १५ लाख रुपैयाँका मोबाइलसहित पसले पक्राउ

भन्सार छली आरोपमा १५ लाख रुपैयाँका मोबाइलसहित पसले पक्राउ

नेपालखबर
चैत १८, २०८० आइतबार १७:३०, काठमाडौँ

ललितपुरको बालकुमारीबाट भन्सार छलीका ३५ थान मोबाइल प्रहरीले बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्ल नेतृत्वको टोलीले चैत १६ गते बालकुमारी स्थित सरोज योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबमा छापा मारी ति मोबाइल बरामद गरेको हो।

अन्दाजी १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ३५ थान मोबाइलसहित पसल सञ्चालक रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भई हाल बालकुमारी बस्ने वर्ष २२ को सरोज योञ्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीमाथि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad