वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बेसीगाँउ निवासी ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका छन्।
बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएर फरार भएको प्रहरीको आरोप छ।
चैत १६ गते पक्राउ परेका मुखियामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार उनी लेखनाथ भुर्तेललाई क्यानडा पठाइदिने भनी ४० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
30
Shares

प्रतिक्रिया