समाज


सशस्त्र प्रहरीद्वारा अवैध सामानसहित मोटरसाइकल बरामद

सशस्त्र प्रहरीद्वारा अवैध सामानसहित मोटरसाइकल बरामद

नेपालखबर
फागुन १, २०७६ बिहिबार १४:२५,

सशस्त्र प्रहरीले विभिन्न स्थानबाट भन्सार छलीको अवैध सामान बरामद गरेको छ। रौतहटको गौर नगरपालिका ८ स्थित सवगडाबाट एपीएफ टोलीले करीव एक लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्व रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। सशस्त्रको टोलीले लत्ताकपडा ल्याउन प्रयोग भएको एक थान मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ।

यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट एपीएफ टोलीले फागुन १ गते चोरीपैठारीको टायल १४ कार्टुन, आईसक्रिम कोन ३ कार्टुन तथा ५ केजी आईसक्रिम बनाउने केमिकल बरामद गरेको छ।भारतबाट अवैध रुपले मोटरसाइकल तथा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको एक/एक थान मोटरसाइकल र साइकल समेत बरामद गरेको छ। एपीएफ टोलीले बरामद सामान, मोटरसाईकल र साईकल गौर भन्सार कार्यालयमा बुझाएको छ। उक्त सामानको भन्सार दाखिला मुल्य करीव दुई लाख ५ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad