राजनीति


देश समृद्धिको यात्रामा अघि बढेको छः ऊर्जामन्त्री

देश समृद्धिको यात्रामा अघि बढेको छः ऊर्जामन्त्री

नेपालखबर
फागुन १, २०७६ बिहिबार १४:३६,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताएका छन्।

तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको शान्ति स्मारक पार्कको आज उद्घाटन गर्दै उनले भने, ‘देशलाई समृद्धिको बाटोमा हिडाउनु नै वर्तमान सरकारकोे मुख्य कार्यभार हो।’

मन्त्री पुनले देशमा भएका परिवर्तनको जग बसाल्ने थलो होलेरी भएको उल्लेख गर्दै जनयुद्ध शुरुआत भएको २५ वर्ष पूरा हुँदैगर्दा देशको राजनीतिक परिवर्तन मात्रै नभई व्यवस्था परिवर्तन हुनुमा होलेरीको अहम् भूमिका रहेको बताए।

विसं २०५२ फागुन १ गते होलेरीमा आक्रमण गर्दा तत्कालीन नेकपा माओवादीमा आफू युद्ध कमाण्डर भएर लडेको स्मरण गर्दै उनले मुलुक संघीयतामा गएसँगै अहिले समृद्धिका राम्रा संकेत देखा परेको बताए।

तत्कालीन समयमा प्रहरी चौकी रहेको स्थानमा शान्ति स्मारक निर्माण गरिएको हो। प्रदेश सरकारको रु ३० लाख, गाउँपालिकाको रु ३० लाख तथा जनश्रमदान रु आठ लाख ५५ हजार ९२६ गरी कूल रु ६८ लाख ५५ हजार ९२६ मा सो स्मारक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष गोपाल डाँगीले बताए।

सो अवसरमा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले यो स्मारकले पर्यटकलाई आकर्षित गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad