सात जनाको मृत्यु र ३९ यात्रु घाइते हुनेगरी आज (बुधबार) बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीबाट त्रिशूली नदीमा खसेको बसलाई सडकमा ल्याउने प्रयास जारी छ।
भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान करिब ४ बजे त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये अहिलेसम्म २ जनाको मात्र सनाखत भएको छ।
घाइते ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
159
Shares
प्रतिक्रिया