टेस्ला तथा स्पेस एक्सका प्रमुख इलोन मस्क विश्व धनी वरीयतामा तेस्रो स्थानमा झरेका छन्।
ब्लुमबर्ग अर्बपति सूचकांकको सूचीमा मस्क १ खर्ब ९२ अर्ब अमेरिकी डलरसहित तेस्रो स्थानमा पुगेका हुन्।
पहिलो स्थानमा भने जेफ बेजोस १ खर्ब ९७ अर्ब अमेरिकी डलरसहित छन्।
दोस्रो स्थानमा फ्रान्सका बर्नार्ड आर्नो १ खर्ब ९५ अर्ब डलरसहित छन्।
त्यसपछि मार्क जुकरबर्ग (१७६ अर्ब डलर), बिल गेट्स (१४९ अर्ब डलर), स्टिभ बाल्मर (१३९ अर्ब डलर), वारेन बफेट (१३२ अर्ब डलर), ल्यारी एलिसन (१२६ अर्ब डलर), ल्यारी पेज (१२२ अर्ब डलर) र सर्जेइ ब्रिन (१२२ अर्ब डलर) क्रमशः चौथो, पाँचौँ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन्।
2.0k
Shares
प्रतिक्रिया