ad ad

समाज


सर्लाहीमा ‘मर्निङवाक’मा निस्केका पूर्वशिक्षक गम्भीर घाइते अवस्थामा भेटिए, आक्रमणकारी खोज्दै प्रहरी

सर्लाहीमा ‘मर्निङवाक’मा निस्केका पूर्वशिक्षक गम्भीर घाइते अवस्थामा भेटिए, आक्रमणकारी खोज्दै प्रहरी

नेपालखबर
फागुन २३, २०८० बुधबार ९:३३, काठमाडौँ

सर्लाहीमा ‘मर्निङवाक’मा निस्केका एकजना पूर्वशिक्षक गम्भीर घाइते अवस्थामा सडकमा भेटिएका छन्।

हरिवन नगरपालिका- ९ दनुवारीका ६२ वर्षीय अर्जुन दाहाल आज बिहान मर्निङवाकमा गएको बेला घर निजकै एकान्त ठाउँमा गम्भीर घाइते अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।  

उनी कसरी घाइते भए खुलेको छैन। कसैले उनलाई आक्रमण गरेको अनुमान आफन्तले गरेका छन्।

गम्भीर घाइते भएर सडकमा लगिरहेको अवस्थामा मर्निङवाक गर्न जाने अन्य स्थानीयले दाहाललाई भेटेका थिए। दाहाललाई हरिवनस्थित नमूना अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि वीरगञ्ज लगिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

‘उहाँ कसरी घाइते हुनुभयो खुलेको छैन। सकैको आक्रमणमा परेको अथवा अन्य कुनै घटनाबाट घाइते भएको पनि हुनसक्छ,’ घटना अनुसन्धानको लागि घाइते शिक्षकको घरमा पुगेका इन्सपेक्टर गिरीले नेपालखबरसँग भने, ‘परिवारका सदस्यले उहाँले लगाएको सुनको औँठी पनि लुटिएको भन्नु भएको छ। हामी थप बुझ्दै छौँ।’

शिक्षक दाहाल चार वर्षअघि घर नजिकै रहेको श्री जनता प्राविबाट रिटायर भएका थिए। 

टाउकोमा गम्भीर चोट लागेका दाहाललाई नमूना अस्तपालमा १६ वटा टाँका लगइएको छ। वयोधा अस्पतालका चिकित्सकले दाहालको अवस्था खतरामुक्त रहेको बताएका पारिवारिक स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .