ad ad

समाज


कोरोना संक्रमण: एकै दिन अढाई सयको मृत्यु, १५ सय ‘सिरियस’

कोरोना संक्रमण: एकै दिन अढाई सयको मृत्यु, १५ सय ‘सिरियस’

नेपालखबर
फागुन १, २०७६ बिहिबार ४:५५,

चीनमा कोरोना संक्रमणबाट एकै दिन झन्डै अढाई सय जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार बिहान दिएको जानकारीअनुसार बुधबार मात्रै हुबेई प्रान्तमा कम्तीमा २४२ व्यक्तिको मृत्यु भएको हो।

कोरोनाको संक्रमण सुरु भएयताकै यो ठूलो संख्या हो। यो संख्या मंगलबारको भन्दा दोब्बर हो। मंगलबार ९४ जनाको मात्र मृत्यु भएको थियो ।

त्यस्तै मंगलबारभन्दा बुधबार संक्रमित हुनेको संख्या १० गुणाले बढेको छ।

बुधबार थप १४ हजार ८ सय ४० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।

हुबेईमा मात्रै संक्रमितको संख्या ४८ हजार नाघेको छ। हुबेईमा ३३ हजार ६ सय ९३ जना अस्पताल भर्ना भएको र तीमध्ये १ हजार ४ सय ३७ जनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

हुबेईसहित चीनका विभिन्न प्रान्तमा गरी ५९ हजारभन्दा बढी मानिसलाई यसकाे संक्रमण भइसकेकाे छ भने विश्वका दुई दर्जनभन्दा बढी मुलुकमा ५ सयभन्दा बढी संक्रमित छन्।

अहिलेस‍म्म यसकाे संक्रमणबाट १ हजार ३ सय ६३ जनाकाे मृत्यु भइसकेकाे छ।

तीमध्ये दुई जना मात्रै चीनबाहिरका छन्। काेराेना संक्रमणबाट चीनबाहिर फिलिपिन्स र हङकङका एक/एक जनाकाे मृत्यु भएकाे हाे। 

त्यस्तै करिब ६ हजार जना उपचारपछि निको भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ। 

संक्रमण रोक्नेबारे छलफल गर्न स्विट्जरल्यान्डमा विश्वका वैज्ञानिक
‘कोभिड-१९’ नामकरण गरिएकाे काेराेनाभाइरसकाे संक्रमण रोक्ने उपायबारे छलफल गर्न स्विट्जरल्यान्डको जेनेभामा विश्वका वैज्ञानिक जम्मा भएका छन्।

विश्व स्वास्थ संगठनका प्रमुख घेब्रेयसुसले ‘यथेष्ट स्रोत/साधन परिचालन गर्न सके संक्रमण थप फैलनबाट रोक्न सकिने’ दाबी गरेका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .