ad ad

राजनीति


कोरोना भाइरस नियन्त्रण गर्न बेइजिङले वुहान पठायो नयाँ नेता

कोरोना भाइरस नियन्त्रण गर्न बेइजिङले वुहान पठायो नयाँ नेता

नेपालखबर
फागुन १, २०७६ बिहिबार ५:२२,

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अनेक प्रयास गरिरहेको चीन सरकारले यसको उद्गमस्थल वुहानको नेतृत्व परिवर्तन गरेको छ।

मध्य चीनको हुपेई प्रान्तको राजधानी वुहानका चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख मा गुओकियाङलाई पदमुक्त गरि वाङ झोङलिनलाई नयाँ प्रमुख बनाएर पठाइएको हो।

चीनको राजनीतिक प्रणाली अनुसार कम्युनिष्ट पार्टीको प्रमुख स्थानीय सरकार प्रमुखभन्दा शक्तिशाली हुन्छन् र सम्पूर्ण नेतृत्व उनकै कमाण्डमा सञ्चालन हुन्छ।

वुहानका यसअघिका पार्टी प्रमुख मा कोरोना भाइरस नियन्त्रण गर्न असफल भएकाले नेतृत्व परिवर्तन गर्नु पर्ने माग भइरहेको थियो।

सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले वुहानको नेतृत्व परिवर्तन गरि वाङलाई नयाँ जिम्मेवारी दिएको पार्टी निकट ग्लोबल टाइम्स अनलाइनले जनाएको छ। केही दिनअघि राष्ट्रपति सी आफै संक्रमितहरूको उपचार भइरहेका अस्पताल भ्रमण गरेका थिए। चीन सरकार र पार्टीले यो महामारी नियन्त्रणका लागि प्रधानमन्त्री ली खछ्याङको नेतृत्वमा टोली परिचालन गरेको छ। ली पार्टीमा सीपछिका उच्च नेता हुन्।

हुपेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस फैलिने क्रम जारी रहँदा यसले विश्वव्यापी महामारी निम्त्याउने चिन्ता बढिरहेको छ।

कोरोना भाइरस संक्रमणबाट बुधबार एकैदिन दुई सय ४२ जनाको मृत्यु भएको छ। चीनका स्वास्थ्य अधिकारीहरूले यो संख्या अहिलेसम्मको सबैभन्दा धेरै भएको बताएका छन्। अहिलेसम्म चीनमा मृत्यु हुनेको संख्या १३०० पुगेको छ।

पछिल्लो समय संक्रमण नियन्त्रण हुने अनुमान विपरित बुधबार त्यो संख्या झन् बढेको छ। बुधबार थप १५ हजार जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। अहिले संक्रमितहरूको संख्या चीनमा मात्रै संख्या ५० हजार नाघेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .