ad ad

राजनीति


अन्तिममा ओली सहिद स्मृति दिवसमा गएनन्

अन्तिममा ओली सहिद स्मृति दिवसमा गएनन्

नेपालखबर
फागुन १, २०७६ बिहिबार ४:२०,

जनयुद्ध तथा जनआन्दोलनका सहिदहरूको सम्झनामा बिहीबार बिहान भइरहेको कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

माओवादी जनयुद्ध सुरु भएको दिन फागुन १ गते पारेर आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली जाने कार्यक्रम तय भएपनि अन्तिममा रद्द गरिएको बालुवाटार स्रोतले जनाएको छ।

‘फागुन ३ गते सरकारले दुई पूरा गर्दैछ, प्रधानमन्त्री ओली ३ गते हुने कार्यक्रमको तयारीमा जुटनु भएकाले आजको सहिद स्मृति दिवसमा सहभागी हुने कार्यक्रम छैन’, प्रधानमन्त्री ओलीको नीजि सचिवालयका एक जना सदस्यले भने।

नेकपाले आधिकारिक रुपमा आज (बिहीबार) को कार्यक्रमलाई ‘जनयुद्ध दिवस’ नभनेर ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरूको सम्झानामा आयोजना गरिउको स्मृति दिवस’ भनेको छ। तर पूर्वमाओवादी पक्षले भने पहिलेदेखि फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएकाले त्यही भन्दै आएको छ।

पार्टी एकता भएपनि अघिल्लो वर्ष यो कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री ओली यसपाली सहभागी हुने बताइएको थियो। तर अन्तिम समयमा ओली सहभागी भएनन्।

पार्टी कार्यालय धुम्बाराइमा भइरहेको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायत सहभागी भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .