समाज


चिकित्सक संघमा नयाँ नेतृत्व, अध्यक्षमा डा.कार्की

चिकित्सक संघमा नयाँ नेतृत्व, अध्यक्षमा डा.कार्की

नेपालखबर
माघ २८, २०७६ मंगलबार ६:२०,

देशभरिका डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ। दुई दिन भएको निर्वाचनको प्राप्त ताजा परिणामअनुसार अध्यक्षमा डा.लोचन कार्की विजयी भएका छन्।

४ हजार १ सय ११ मत ल्याएर निर्वाचित उनी लोकतान्त्रिक समूहका हुन्। डा.कार्की वर्तमान कार्यसमितिका महासचिव हुन्। मंगलबार बिहान सकिएको मत परिणामअनुसार कार्कीका प्रतिद्वन्द्वी डा.पुष्पमणि खरालले १९७९ मत पाएका छन्।

उपाध्यक्षमा डा. अनिल कार्की, बरिष्ठ उपाध्यक्ष्मा डा.विश्वप्रसाद श्रेष्ठ र महासचिवमा डा.बद्री रिजाल विजयी भएको निर्वाचन समिति स्राेतले जनाएको छ।

संघको २८ औं कार्यकारिणी समिति चयनका लागि भएको निर्वाचन परिणाम मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ। दुई चरणमा गरी देशव्यापी रुपमा भएको मतदानमा ६ हजार १५१ मत खसेको थियो।

फागुनमा हुने सम्मेलनपछि नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण हुनेछ। निर्वाचन समिति स्रोतका अनुसार सदस्यहरुमा डा.रितेश थापा विजयी भएका छन्। उनले ३ हजार ७ सय १७ मत पाएका छन्। उनले पाएको मत सदस्यहरूमध्ये सबैभन्दा बढी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad