राजनीति


अमेरिकी राष्ट्रपति ट्रम्प फेब्रुअरी २४ मा भारत आउने

अमेरिकी राष्ट्रपति ट्रम्प फेब्रुअरी २४ मा भारत आउने

नेपालखबर
माघ २८, २०७६ मंगलबार ६:२८,

ट्रम्पले २४ र २५ तारिखसम्म भारतको भ्रमण गर्ने कार्यतालिका तय भएको अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

ट्रम्पसँगै उनकी श्रीमती मलेनिया ट्रम्प पनि भारत आउने छन्। भ्रमण गर्ने विषयमा ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा वार्ता समेत भएको अमेरिकाले जनाएको छ।

भारत भ्रमणका क्रममा ट्रम्प र मोदीले हवाई क्षेत्रको विषयमा महत्वपूर्ण सम्झौता गर्नेछन्।

ट्रम्प र मोदीबीच लामो समयदेखि रोकिएको द्विपक्षिय व्यापार सम्झौतामा हस्ताक्षर पनि हुनेछ।

गतवर्ष व्यापार विवादका कारण ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad