सुरुमा १६, त्यसपछि ३४, ५० हुँदै सोमबारसम्म १ सय ८ जना अमेरिकी सेनाको मस्तिष्कमा चोट देखिएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
इरानले गत जनवरी ८ मा आफ्ना कामान्डर कासिम सुलेमानीको हत्या गरेको भन्दै त्यसको बदला लिन इराकस्थित अमेरिकी सैन्य बेसमा दर्जनभन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको थियो।
सेनाहरु पहिल्यै बंकरमा लुकेकाले कसैको ज्यान गएन। यद्यपी उनीहरुको मस्तिष्कमा समस्या देखिन थालेको छ।
सन् २००० यता ४ लाख अमेरिकी सेनामा युद्धका कारण मस्तिष्कमा घातक चोट लागेको तथ्यांक छ। अमेरिकी सेनाहरु शान्ति स्थापनाका लागि इराक, अफगातिस्तान लगायत विश्वका विभिन्न क्षेत्रमा तैनाथ छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया