रुसको राजधानी मस्कोका बासिन्दा यसबेला एकदमै दिक्क भएका छन्। कारण हो, बमको हल्ला।
हरेक दिन एक हजार पटकभन्दा बम राखिएको हल्ला मस्कोमा चल्ने गरेको छ। तर, यस्तो हल्ला कसले फैल्याएको हो, सरकारी अधिकारीहरुले पत्ता लगाउन सकेका छैनन्।
मस्कोमा एक करोड ६० लाख मानिस बस्छन्। नोभेम्बरयता बमको हल्लाका कारण यो सहरमा विभिन्न भवन खाली गर्ने क्रम चलिरहेको छ। यद्यपि ती सबै हल्ला झुठो साबित भएका छन्।
यो क्रममा अदालत, स्कुल र मलसमेत खाली गराइएको छ।
कम्पनी तथा संस्थाहरुलाई तपाईंको भवनमा बम राखिएको छ भन्ने चेतावनीयुक्त ईमेल पठाइने गरेको छ। फेब्रुअरी ५ का दिन मात्रै मस्कोका १५ स्थान यस्तो हल्लाबाट प्रभावित भएको थियो। एजेन्सी

प्रतिक्रिया