सरकारका पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्दै आएका एक जना मृत अवस्थामा भेटिएका छन्। त्यस्तै पूर्वसचिव कार्कीकी श्रीमती मुना कार्की घरमै चिन्ताजनक अवस्थामा फेला परेकाे ललितपुर प्रहरीले जनाएकाे छ।
गम्भीर घाइते अवस्थामा फेला परेकी उनलाई सानेपामा रहेकाे स्टार अस्पताल लगिएकाे ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
दाङ घर भएका मृतक विजय चाैधरी कार्कीकाे घरमा काम गर्दै आएका थिए।
पूर्वसचिव अर्जुन कार्की। तस्बिरः प्रविन काेइराला
ललितपुर प्रहरीका एसएसपी राईले घटनाको पुष्टि गरे। उनी अहिले घटनास्थलमै रहेका छन्। उनले भने, 'घटनाकाे कारण खुल्न बाँकी छ, केहीबेरमा जानकारी दिन्छाैँ।'
अहिले घटनास्थलमा प्रहरी र सर्वसाधारणकाे भीड लागेकाे छ।

विकसित हुँदै गरेको खबर....
(यसअघि घटनास्थलमा उपस्थितले दिएकाे जानकारीअनुसार दुवै मृत अवस्थामा रहेकाे भनिएकाेमा सच्याइएकाे छ। -सं.)

प्रतिक्रिया