महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेर फरार एक जनालाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको छ।
महाशाखाको टोलीले सोलुखुम्बु दूधकौशिका गाउँपालिका घर भई लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो।
उनलाई आज महानगरीय प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ।
कार्कीले दिलीप कुमार शर्मा लगायतका युवालाई रोजगारीमा पठाउने भन्दै नगद लिएका थिए।
शर्माले प्रहरीमा ८ लाख ठगेर फरार भएको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्कीले कतार, माल्दिभ्सलगायतका देशमा पठाउन उक्त रकम लिएका थिए।
3
Shares

प्रतिक्रिया