समाज


मन्त्री बस्नेतलाई बयानमा बोलायो अख्तियारले, उपस्थित हुन आलटाल

मन्त्री बस्नेतलाई बयानमा बोलायो अख्तियारले, उपस्थित हुन आलटाल

नेपालखबर
माघ १८, २०८० बिहिबार २०:४९, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मन्त्री मोहनबहादुर बस्नेतलाई पनि बयानमा बोलाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतलाई बयानमा बोलाइएको भए पनि उनी अहिलेसम्म उपस्थित भएका छैनन्।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद प्रकरणमा मुछिएका उनलाई अख्तियारले बयानका लागि ताकेता गरिरहेको भए पनि विभिन्न कारण जनाउँदै उनी उपस्थित हुन पन्छिएको अख्तियार स्रोतले जनाएको छ।

यसै प्रकरणमा बस्नेतसँगै पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत बोलाएको छ। उनले पनि पार्टी काममा व्यस्तता देखाउँदै उपस्थित हुन ढिलाइ गरिरहेको सम्बद्ध स्रोतले जनाएको छ।

अख्तियारका अधिकारीले नेपालखबरसँग भने, ‘हामीले उहाँहरू दुवै जनालाई अनुसन्धानमा सघाउनका लागि आउनुपर्‍यो भनेका छौँ। उहाँहरू व्यस्त हुनुहुन्छ होला। समय मिलाएर पक्कै आउनुहुन्छ।’

आफै उपस्थित नभए अख्तियारले के गर्छ भन्ने नेपालखबरको प्रश्नमा ती अधिकारीले भने, ‘नआउने भन्ने प्रश्नै उठ्दैन। नआएर त कसरी हुन्छ? कहाँ जानुहुन्छ उहाँहरू?’

बस्नेत र कार्की दुवैजना पूर्वसञ्चारमन्त्री पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .