समाज


प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ मेसिन हस्तान्तरण

प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ मेसिन हस्तान्तरण

नेपालखबर
माघ १६, २०८० मंगलबार २०:२३, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान ‘आरएफआईडी’ मेसिन नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्।

मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन मेसिन (आरएफआईडी) मेसिन हस्तान्तरण गरेका हुन्।

मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यविभाजनका डिआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका हुन्। हाललाई १० थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ।

हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनि यसमा उपलब्ध डाटा रिड गर्ने कुनै पनि प्रणालीको व्यवस्था थिएन।

यो सँगै अब भौतिक पूर्वाधार मन्त्रालयको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकाहरूमा इम्बोस्ड प्लेट रिड गर्ने गेटको समेत निर्माण गरिरहेको छ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्वपूर्ण हुने बताए। साथै, यसको डेमो समेत गरेर देखाइएको थियो।

कार्यक्रममा भौतिक मन्त्रालयका सचिव केशव कुमार शर्मा, यातायात व्यवस्था विभागकका महानिर्देशक उद्धवप्रसाद रिजाल तथा ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलको समेत उपस्थिती थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad