सत्तासाझेदार दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) शिक्षालाई शुलभ बनाउन माग गर्दै हस्ताक्षर अभियान थालेको छ।
नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक र धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा ग्यारेन्टी गरेतापनि संवैधानिक व्यवस्था अनुरुप नागरिकले अनुभूत गर्न नपाएको भन्दै नेविसंघले सरकारलाई दबाब दिन हस्तक्षार संकलन अभियान सुरु गरेको हो।
के एन्ड के कलेज बानेश्वरबाट सुरु गरिएको अभियान आज चाबहिल स्थित टेक्सास कलेजमा समेत सञ्चालन भएको छ।
विभिन्न क्याम्पसहरुमा गइ हस्तक्षार संकलन गरेर शिक्षा मन्त्रालयमा बुझाउने तयारी रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुसान्त तामाङले जानकारी दिए।
174
Shares
प्रतिक्रिया