ad ad

समाज


रुपा सुनारमाथि जातीय विभेदको आरोपबाट सरस्वतीले सफाइ पाइन्

सरस्वतीले हालेको मुद्दामा रुपालाई पनि सफाइ
रुपा सुनारमाथि जातीय विभेदको आरोपबाट सरस्वतीले सफाइ पाइन्

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८० शुक्रबार १६:५७, काठमाडौँ

जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी काठमाडौंकी सरस्वती प्रधानलाई सफाइ दिएको छ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको एकल इजलासले शुक्रबार सरस्वतीमाथि लगाइएको आरोपमा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

२०७८ सालमा सामाजिक सञ्जाल नै तताउने गरी सार्वजनिक भएको उक्त घटनापछि त्यसबेलाका मन्त्री कृष्णगोपाल श्रेष्ठसमेत विवादमा तानिएका थिए।

यस प्रकरणमा सरस्वतीविरुद्ध दायर मुद्दामा २०७८ असोजमा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सरस्वतीलाई १ लाख १५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो।

जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधान त्यसबेला धरौटी बुझाएर रिहा भएकी थिइन्। 

सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार प्रधानविरुद्ध मुद्दा दायर भएको थियो। 

उता सरस्वती पक्षधरले रुपाविरुद्ध हालेको व्यक्तिको गोपनीयता भंग र बेइज्जती मुद्दामा रुपालाई पनि न्यायाधीश कार्कीकै इजलासले सफाइ दिने फैसला गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .