नेकपा एमालेको सचिवालय बैठक तीन घन्टादेखि जारी छ। राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो।
तीन घन्टादेखि पार्टी कार्यालयमा बैठक जारी छ। बिहीबार प्रदेश नेतृत्व सङ्ग कुरा गरेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पधादीकारीहरुसँ लामो छलफल गरेका हुन्।
च्यासलमा बैठक दिउँसो २ बजे सुरु भएको थियो। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अध्यक्ष ओली ढिला आउँदा केहीपछि सुरु भएको थियो।
सचिवालय बैठकअघि अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसङ्ग झन्डै एक घन्टा वार्ता गरेका थिए।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेबाट ८ सिट रिक्त हुँदैछ।
८ सदस्यमध्ये कम्तीमा ६ सिट पाउनुपर्ने एमालेले गठबन्धनसँग माग राखेको छ। जुन प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि राखेका छन्।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमालेको प्रस्तावबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका थिए।
तर, ठूलो माग राखेको भन्दै गठबन्धनका दुई दल एकीकृत समाजवादी असन्तुष्ट भएपछि बैठकले निर्णय लिन सकेको थिएन।
यस्तै आजको बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने एमाले नेताहरूले बताएका छन्।
Shares
प्रतिक्रिया