ad ad

समाज


पश्चिमी वायु र निम्न चापीय रेखाको प्रभावले धेरै प्रदेशमा मौसम बदली, पानी पर्छ कि पर्दैन?

पश्चिमी वायु र निम्न चापीय रेखाको प्रभावले धेरै प्रदेशमा मौसम बदली, पानी पर्छ कि पर्दैन?

नेपालखबर
मंसिर २१, २०८० बिहिबार ७:२२, काठमाडौँ

पश्चिमी वायु र भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावको कारण हाल देशका धेरै भूभागमा मौसम बदली भएको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशमा मौसम बदली भए पनि पानी पर्ने भम्भावना कम छ। 

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ। 

पश्चिमी वायुका साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको प्रभावस्वरुप हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। 

यी प्रदेशबाहेक देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .