समाज


बागमती प्रदेश बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत

बागमती प्रदेश बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत

नेपालखबर
मंसिर २०, २०८० बुधबार २०:४०, काठमाडौँ

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयको एक र स्वास्थ्य मन्त्रालयको चार गरी पाँच जना दशौँ तहका अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ।  

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव पदमा दीपक सुवेदी नियुक्त भएका छन्।

एघारौँ तहमा बढुवा हुनेमा दीपक सुवेदी, दीपक तिवारी, वसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्र झा रहेका प्रदेशका उद्योग वाणिज्य भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए।

एघारौँ तहमा बढुवा हुनुभएका सुवेदीलाई प्रदेश शिक्षा निर्देशानलयको निर्देशकमा नियुक्ति गरिएको र उनलाई सोही कार्यालयमा पदस्थापन पनि गरिएको मन्त्री चित्रकारले जानकारी दिए। 

अन्य नियुक्त भएका एघारौँ तहका अधिकृतलाई केही दिनभित्रै पदस्थापन गरिने पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad