देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
जिल्ला आयुक्त किप्पी वारीओबाले मोशी शहरमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने खतरा रहेको बताए। उनका अनुसार घटना शनिबार दिउँसो भएको हो ।
“घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, अरू केही घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ,” उनले एएफपीसँग भने।
शनिबारीय साप्ताहिक प्रार्थनाका लागि भेला भएकाहरुको एकाएक भागदौड हुँदा च्यापिएर मृत्यु भएको वारीओबाले बताए।
तान्जानियाका मन्त्रीसमेत रहेका चर्चित पादरी बोनिफाक म्वाम्पोसाले प्रार्थनाको नेतृत्व गरेका थिए।
उनले आफूलाई ‘ईश्वर दूत’का रुपमा व्याख्या गरिरहेका बेला भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया