कारोबार


२१ अंकले बढ्याे सेयरबजार, सूर्या लाइफकाे सर्वाधिक काराेबार

२१ अंकले बढ्याे सेयरबजार, सूर्या लाइफकाे सर्वाधिक काराेबार

नेपालखबर
माघ १९, २०७६ आइतबार १०:५३,

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ।

नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने रु दुई अर्ब माथि नाघेको । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता सेयर  दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरीद बिक्री भए।

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ।

यस्तै बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्वीवन बीमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १० करोड ११ लाख चार हजार ९६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो। यस्तै, गरिमा विकास लघुवित्त नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआइसि एसिया बैंक छ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु छ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु छ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड पाँच लाख ४७ हजार ८६७ मूल्य बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।

आज गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले ७.०९ प्रतिशतले कमाए। त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad