राजनीति


चीनबाट ल्याइने नेपालीलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइसकेका छौँ : प्रधानमन्त्री

चीनबाट ल्याइने नेपालीलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइसकेका छौँ : प्रधानमन्त्री

नेपालखबर
माघ १९, २०७६ आइतबार ११:२,

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई सुरक्षित स्थानमा राख्ने प्रबन्ध गरेको बताएका छन्।

पाँच दिनदेखि जारी पार्टीको केन्द्रीय सदस्यको दोस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसका प्रकोपका कारण चीनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी ल्याउने बताएका हुन्।

‘वुहानबाट नेपालीलाई सुरक्षित रुपमा ल्याउने र सुरक्षित ठाउँमा राख्ने प्रबन्ध मिलाएका छौँ’, उनले भने।

सरकारले चीनको हुबेई प्रन्तमा रहेका नेपालीहरुको उद्धार थालेको उनले जानकारी दिए।

उनले कोरोना भाइरसका कारण नेपालीहरु त्रसित् नहुन आग्रह गर्दै सजगता अपनाउन सुझाब समेत दिए।

कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि माक्सको प्रयोग गर्न सुझाब दिँदै प्रधानमन्त्री ओलीले माक्स कमी हुन नदिन उत्पादन बढाउन थालिसकिएको जानकारी दिए।

‘कोरोना भाइरसबाट त्रसित हुनु पर्दैन तर सजग हुनुपर्‍यो’, उनले भने, ‘माक्स सटेज हुन नदिन अधिकतम उत्पादन गर्ने काम सुरु भएको छ।’ उनले अहिले दैनिक तीन हजार उत्पादन भइरहेको माक्सलाई ९ हजार पुर्‍याउने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad