समाज


केही इन्टरनेट कम्पनीले टिकटक बन्द नगरेको पाइयो, कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

केही इन्टरनेट कम्पनीले टिकटक बन्द नगरेको पाइयो, कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १८:३, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारले गरेको निर्णय अनुसार तत्काल सामाजिक सञ्जाल टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही हुने चेतावनी दिएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि केही इन्टरनेट सेवा प्रदायकले टिकटक बन्द नगरेको बुझिएको उल्लेख गर्दै प्राधिकरणले दूरसंचार एने, २०५३ को दफा ४७ बमोजिम कारबाही हुने जनाएको हो। 

इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो। 

‘...सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउनेू निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिईसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकोले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

टिकटक बन्द गर्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा कर्त वितर्क भइरहेका छन्। 

‘प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसंचार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारवाही हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ विज्ञप्तिमा अघि भनिएको छ। 

सम्बन्धित सामग्री:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .