ad ad

समाज


सङ्खुवासभा र गोरखामा पनि नेपाल संवत् मनाइयो

सङ्खुवासभा र गोरखामा पनि नेपाल संवत् मनाइयो

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १७:४८, गोरखा

गोरखाका नेवार समुदायले आज सांस्कृतिक झाँकी तथा र्यालीसहित नेपाल संवत् ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन्।

नयाँ वर्षको रूपमा नेवाः देय् दवु जिल्ला कार्यसमिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकीसहितको र्याली गरेर नेपाल संवत् मनाइएको हो।

गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको र्‍याली ठूलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालीमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानीपोखरी परिसरमा पुगेर समापन भएको थियो।

र्‍यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले इतिहास, भाषा, संंस्कृति र संस्कारसँग जोडिने भएकाले सबै जातजातिको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराएसँगै नेपाल संवत् मनाउन थालिएको हो।

त्यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष विष्णुराना मगर र नेवाः देय् दवुका सल्लाहकार मोहनलाल श्रेष्ठलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यसैगरी, सङ्खुवासभाको खाँदबारी र चैनपुरमा नेवाः देय् दबुले शान्ति र्‍याली निकालेको थियो। खाँदबारीको बुद्ध चोकबाट प्लेकार्डसहित निस्किएको र्यालीले नगरका विभिन्न स्थान परिक्रमा गरेको थियो।

र्‍यालीपछि आयोजित कार्यक्रममा नेवाः देय् दबुका सदस्यले नेपाल संवत्‌लाई राष्ट्रिय संवत् रूपमा आजबाट प्रचलनमा ल्याएको र सरकारी कागजातमा उल्लेख गर्ने सरकारको निर्णयको स्वागत गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .