नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सामाजिक सञ्जाल टिकटकको प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको दाबी गरेका छन्।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै त्यसबारे सामाजिक सञ्जालमा टिप्पणी गदै उनले कन्टेन्टमा आधारित नियमन आवश्यक रहेको बताएका हुन्।
‘नियमनकारी कानुन बनाउदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्दगर्ने कुरा उचित भएन है,’ उनले भनेका छन्, ‘अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन।’
साथै, उनले कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको भन्दै ध्यान दिन सरकारसमक्ष आग्रह गरेका छन्।
सरकारले गरेको सो निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया