ग्लोबल


अमेरिका प्रस्थान गरे चीनका राष्ट्रपति सी चिनफिङ

अमेरिका प्रस्थान गरे चीनका राष्ट्रपति सी चिनफिङ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १८:२३, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन्। 

चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन्। 

भेटका क्रममा राष्ट्रपति सी र अमेरिकी समकक्षी जो बाइडेनबीच पनि भेटवार्ता हुने बुझिएको छ।

दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको समाचार एजेन्सीहरूले बताएका छन्। 

गत नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी–२० को बैठकका क्रममा यी दुई राष्ट्रपतिबीच भेट भएको थियो। 

उक्त बैठकमा दुवै राष्ट्रपतिले प्रत्यक्ष कूटनीतिको महत्त्वमाथि जोड दिँदै अमेरिका–चीन सम्बन्धलाई सही मार्गमा ल्याउन सकिने आशा व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .