समाज


डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

नेपालखबर
साउन ९, २०८३ शनिबार १६:२६, काठमाडौँ

सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी छन्। 

शनिबार मन्त्री मेहताले डा. केसीको अस्वास्थ्य अवस्थालाई लिएर सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग संवाद गरेकी छन्। उनले डा. केसीको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी छन्। 

पाँचबुँदे माग राख्दै डा. केसी बिहीबारदेखि सत्याग्रहमा छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखिएको छ। 

त्यस्तै, मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा. केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन्। डा. केसीको हालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुन सक्ने चिकित्सकको सुझाव रहेको छ। 

त्यसैले आवश्यक परेमा थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको जनाएको छ। मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गरिरहेको छ। 

यसैबीच डा. केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad