समाज


भारतमा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

भारतमा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

नेपालखबर
माघ १६, २०७६ बिहिबार ४:९,

भारतको पश्चिम बंगालमा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ।

दुर्घटनामा १२ जना घाइते भएका छन्। झापा बुद्धशान्ति ३ कि ५० वर्षीया भूमा ढकाल र ४५ वर्षीया दिपज्योति ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुद्धशान्ति ३ का पर्शुराम ढकालकी सालीको बिहेको निम्तो मान्न गएका आफन्त दुर्घटनामा परेका इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

पश्चिम बंगालको नगरकट्टा भन्ने स्थानमा बुधबार बस दुर्घटना भएको हो।

१८ नेपाली सवार डव्ल्यू वी ७६–९१९४ को बस विपरीत दिशाबाट आएको ७० एच ५७६२ नम्बरको वेगनर कारमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad